फिल्मलाई फिल्मबाटै खतरा : नीर शाह

0

बरिष्ठ निर्देशक नीर शाहले फिल्मलाई फिल्मबाटै खतरा रहेको टिप्पणी गरेका छन् । ‘फिल्म फिल्मजस्ता बनिरहेका छैनन्’ उनले भने, ‘अहिले बनिरहेका फिल्ममा फिल्मको एस्थेटिक भेट्न सकिँदैन ।’

उनको यस्तो गुनासो नेपाली फिल्मको कथावाचन शैली टेलिभिजन स्टाइल भएकोप्रति लक्षित थियो । राजधानीमा सुरु भएको तेस्रो अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा बोल्दै शाहले उक्त समस्या विश्व फिल्मकै साझा चुनौति रहेको बताए ।

Photos : Aryan Bimali

गंगाजल, अपहरण, राजनीति, आरक्षणजस्ता बलिउड फिल्म निर्देशन गरिसकेका प्रकाश झा निफमा निर्णायक छन् । नेपाल सीमासँग जोडिएको भारतीय राज्य विहार र बाल्यकालको स्मरण झाले गरे । आर्ट फर्मसँग रमाउन आफू काठमाण्डू आएको उनले बताए ।

अमेरिकी फिल्ममेकर लरेन्स कासानोफले प्रविधि, क्षमता र संस्कृतिले फिल्मको विकास हुने बताए । ‘यी तीन कुराको संयोजन भयो भने नेपालका लागि अस्कर टाढा छैन । दक्षिण कोरियाले अहिले जितेको अस्करलाई हेर्नूस’ उनले भने ।

यसपटक निफमा ४० देशका ८० फिल्म देखाइँदैछन् । २० फिल्ममेकर अहिले काठमाण्डौंमा छन् । फिल्मको संख्या बढिरहेको र फेस्टिभलप्रति आकर्षण बढेको आयोजक संस्थाका प्रमुख केपी पाठकले बताए । तेस्रो संस्करणको थिम सेलिव्रेसन द न्यारेटिभ छ ।

पहिलो दिन चिनियाँ फिल्म द कम्पोजर प्रदर्शन गरियो । बलिउड निर्देशक झाले शनिबार मास्टर क्लास लिँदैछन् । दोस्रो दिन होटल हायातमा फिल्ममा डिजिटल र ग्राफिक्सको आवश्यकताबारे सेसन चल्यो ।

Share.

About Author

Leave A Reply