दिवंगत भट्टराई परिवारलाई आमाको लाख सहयोग

0

चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष केशव भट्टराईको परिवारलाई फिल्म ‘आमा’ले अर्थ सहयोग प्रदान गरेको छ । आइतबार ललितपुरमा आयोजित प्र्रेसमिटमा निर्मात्री शर्मिला पाण्डेले भट्टराईकी धर्मपत्नी नीतालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिन् ।

निधनपछि भट्टराईको परिवार आर्थिक संकटमा रहेको खबर आइरहेका छन् । रकम हस्तान्तरण गर्दै निर्मात्री पाण्डेले आमाको मर्म आफूले महसुस गर्ने बताइन् ।

रकम हस्तान्तरण समारोहमा निर्देशक दीपेन्द्र के. खनाल, कलाकारहरु मिथिला शर्मा, सरिता गिरी, सुरक्षा पन्त, देशभक्त खनाल उपस्थित थिए । आमा महाशिवरात्री छेकोमा शुक्रबार रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply