निफमा ‘बर्दिया सुन्दरी’ प्रिमियर

0

फिल्म ‘बर्दिया सुन्दरी’ काठमाडौं अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको छ । आइतबार सभागृहमा फिल्म हेर्न देशी–विदेशी दर्शकको घुइँलो बाक्लै थियो ।

सहारा शर्मा निर्देशित फिल्मले बर्दिया सुन्दरी बनेर सामाजिक पहिचान बदल्ने एक थारु युवतीको संघर्षको कथा पेश गर्छ । निर्देशकले एक किशोरीमार्फत राजनीति र महिलाको मुद्दा उठान गरेका छन् ।

चेजिङ रेन्बो निर्माणको सात वर्षपछि निर्माता अभिमन्यु दीक्षितले बर्दिया सुन्दरी निर्माण गरेका छन् । फिल्ममा प्रवीणा दहित, शारदा शिर्पाली, सहयोगराज अधिकारी, दीपक घिमिरे लगायतको अभिनय छ ।

Photo : Aryan Bimali

फिल्म हेरेपछि निर्माता माधव वाग्लेले आफूले मौलिक कला र प्रयोग भेटेको र रुचि लागेको बताए । निर्माता दीक्षितले बर्दिया सुन्दरीलाई व्यवसायिक रिलिज गर्नेबारे सोचिरहेको जनाए ।

Share.

About Author

Leave A Reply