तन्नेरीलाई राजेश हमालको टिप्स : उत्पादनशिल बन्नूस

0

अभिनेता राजेश हमाल महानायक विशेषणले नेपाली रजतपटमा चर्चित छन् । अग्लो कदका यी एक्टर आइतबार नेपाली तन्नेरीमाझ सुनिए । जारी काठमाडौं अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा उनले युवालाई जीवन जिउने कलादेखि फिल्मी करियरका अनुभव सुनाए ।

युवालाई उत्पादनशिल बन्न उनले सुझाए । ‘धैर्यपूर्वक काम गर्नूस, खटिनूस र उत्पादनशिल बन्नूस’ उनले भने, ‘काम गर्दा हतार नगर्नूस, सफलता प्राप्त हुन्छ ।’ प्रविधिको उच्चतम प्रयोग गर्न समेत हमालको आग्रह छ ।

हमाललाई सहभागिले अनुभव सुनाउन भनेका थिए । हमालले पनि दुई दशक लामो करियरका दुई महत्वपूर्ण अनुभव सेयर गरे । एकपटक भरियाहरुले आफूलाई भरिया भनेर चिनाएको र दरबारमार्गमा सडक बालकहरुले खाते भनेर बोलाएको स्मरण उनले गरे । यसो हुनुमा आफूलाई फिल्म हेरेर उनीहरुले मायापूर्वक बोलाएको स्मरण उनले गरे ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply