हिजो आजका कुरा : ‘माया जदौ’ गीत लन्च

0

कमेडी फिल्म ‘हिजो आजका कुरा’मा समावेश ‘माया जदौ’ गीत सोमबार लन्च भएको छ । साकार पन्तको डेब्यु निर्देशनमा अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ ।

आनन्द अधिकारीका शब्द र दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बाँस्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलिया, दिनेश डिसी, दीपाश्री निरौला लगायत फिचर्ड छन् ।

नेपाली फिल्मको गीतमा यति धेरै सेलिब्रेटीलाई एकसाथ समेटिएको यो नै पहिलो हो । बैशाख १२ गते प्रदर्शन हुने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलीया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा लगायतको अभिनय छ ।

Share.

About Author

Leave A Reply