‘सूर्यवंशी’ ट्रेलरमा नेपाल नेक्सस : नेपाल पुलिसको संवाद किन ?

0

अक्षय कुमार स्टारर ‘सूर्यवंशी’ ट्रेलर सोमबार ट्वीटर ट्रेन्डमा नम्बर एकमा रह्यो । कार उडाउन खप्पीस निर्देशक रोहित सेठ्ठीको यो फिल्मलाई कप युनिभर्सको थालनी भनिएको छ ।

४ मिनेट १५ सेकेन्ड लामो यो ट्रेलरले आतंकवादी हमला रोक्न एक पुलिस पात्रले गर्ने लडाइको कथा भन्छ । मुम्बई आक्रमणका दोषीलाई समात्न उक्त पुलिस पात्रले गर्ने कथा यसमा छ ।

अक्षय कुमारसहित कट्रिना क्याफ, अजय देवगण र रणवीर सिंह पनि फिचर्ड छन् यसमा । महत्वपूर्ण कुरा बलिउडले जहिल्यै आतंकवादी विषयवस्तुमा बन्ने फिल्ममा नेपाल जोड्न भुल्दैन ।

के तपाइँले ख्याल गर्नुभयो ? सूर्यवंशीको यो ट्रेलरको अन्त्यमा वाकिटकीमार्फत दुई पात्रले गरेको संवाद भन्छ । संवादको भाषा चाहिँ नेपाली छ । एउटा पात्रले : यो हाम्रो पेट्रोलिङ….है ।

अर्को पात्र भन्छ : लेकसाइडमा आउनूस है । यसको अर्थ नेपाल प्रहरीलाई सूर्यवंशी फिल्ममा चित्रण गरिएको हुनसक्छ । हामीले लेकसाइड भन्ने वित्तिकै पोखराको तालकिनार सोच्छौं । गतवर्ष पनि अर्जुन कपुरको यही जनरको फिल्म इन्डियाज मस्ट वान्टेड पनि पोखरामै खिचिएको थियो ।

मार्च २४ मा फिल्म रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply