भुटानी नायिका उगेन ‘२ नम्बरी’मा, दयाहाङ राईसँग जोडी बाँध्ने

0

भुटानी नायिका उगेन छोदेन नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । फिल्म ‘२ नम्बरी’मा उनले दयाहाङ राईसँग स्क्रिन सेयर गर्नेछिन् । आयोजित प्रेसमिटमा उनको अनुबन्धनबारे जानकारी दिइयो ।

फिल्ममा दयाहाङकी जोडीको भूमिकामा उगेनलाई देख्न पाइने छ । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्ममा पल शाह र वर्षा राउत समेत कलाकार छन् । ‘नेपाली फिल्म खेल्नुलाई मैले करियरकै उपलब्धीको रुपमा लिएकी छु’ उनले भनिन् ।

भुटानी राष्ट्रिय पहिरनमा सजिएकी उगेनले प्रेसमिटमा भुटानी लवजमै नेपाली भाषा बोलिन् । ‘उहाँ जस्तो लवजमा बोल्नुहुन्छ, त्यस्तै पात्रलाई फिल्ममा देख्न पाइनेछ’ निर्देशक लामाले भने, ‘फिल्ममा उहाँको सहभागिता हुन पाउनु हाम्रा लागि खुशिको कुरा हो ।’

दयाहाङले पनि भुटानी नायिकासँग फिल्म खेल्न लागेकोमा खुशि जनाए । ‘एकअर्कोलाई बुझ्ने र सिक्ने मौका पाएको छु’ उनले भने । किरण नेपालीले निर्माण गर्ने फिल्म चैतबाट छायांकन हुने भएको छ ।

Share.

About Author

Leave A Reply