दयाहाङको ‘नीरफूल’ रिलिज रोकियो

0

दयाहाङ राई स्टारर ‘नीरफूल’ले पूर्वनिर्धारित प्रदर्शन मिति स्थगन गरिएको जनाएको छ । मूभिमान्डुसँग कुरा गर्दै निर्माता एवं निर्देशक फूलमान वलले कोरोना भाइरस संक्रमणलाई ख्याल गर्दै प्रदर्शन मिति रोकिएको जनाए ।

निर्देशक वलका अनुसार आइतबार नयाँ प्रदर्शन मिति घोषणा गरिनेछ । ‘कोरोना भाइरसको बढ्दो सन्त्रास र हलको परिस्थितीलाई ख्याल गर्दै सार्ने निधो गरेका छौं’ उनले भने, ‘यसबाट दर्शकलाई पर्न गएको असुविधाप्रति माफी माग्छौं ।’

गतसाता रिलिज गरिएको ट्रेलरबाट फिल्मले मीठो प्रतिक्रिया प्राप्त गरिरहेको थियो । शुक्रबार सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ले पनि प्रदर्शन स्थगन गरिएको घोषणा गरेको थियो ।

चैत २८ को फिल्म चपली हाइट ३ निर्माता अर्जुन कुमारले भने निर्धारित मितिमै फिल्म रिलिज हुने बताए । निर्माता संघ र प्राविधिक संघले सूचना टाँसेरै छायांकन रोक्न भनेका छन् । निर्देशक समाजको भेला रोकिएको छ भने चलचित्र संघले सतर्कता अपनाउन सदस्य हलहरुलाई भनेको छ ।

Share.

About Author

Leave A Reply