अनमोल स्पष्टीकरण : पटकथा मन नपर्दा फिल्म छाडेँ

0

अभिनेता अनमोल केसीले फिल्म ‘धुपौरे’ विवादमा मुख खोलेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले स्क्रिप्टकै कारण फिल्म छाडेको उल्लेख गरेका छन् ।

फिल्ममा अनुबन्धित भएबापत लिएको ५ लाख रुपैयाँ फिर्ता गर्ने पनि उनले जनाएका छन् । आफूमाथि लगाइएको ठगीको आरोप सुन्दा स्तब्ध भएको बताउँदै उनले अहमताका कारण यस्तो गरिएको लेखेका छन् ।

एक लाइन कथा मन परेर आफूले फिल्म साइन्ड गरेपनि पछि त्यसलाई तोडमरोड गरिएकाले सुटिङमा जान नचाहेको अनमोल कथन छ । अहिले उनी पोखरामा सुटिङ भैरहेको ए मेरो हजुर ४ छायांकनमा व्यस्त छन् । यसअघि ‘धुपौरे’ फिल्मका निर्माताले अनमोलले ठगी गरेको आरोप लगाउँदै कार्वाही माग गर्दै पुलिस गुहारेका थिए ।

Share.

About Author

Leave A Reply