दयाहाङले थाले ‘२ नम्बरी’ छायांकन

0

चलचित्र निर्माता संघले कोरोना त्रासका कारण फिल्म छायांकन रोक्न आग्रह गरेपनि निर्माताहरुले भने रोकेका छैनन् । केही फिल्मको छायांकन धमाधम भैरहेको छ । ‘परदेशी २, ए मेरो हजुर ४’को छायांकन अगाडि बढिरहेको छ ।

अब, फिल्म ‘२ नम्बरी’को पनि छायांकन सुरु गरिएको छ । पोखरामा आजबाट फिल्मको छायांकन सुरु भएको हो । दिपेन्द्र लामाको निर्देशनमा तयार हुने यो फिल्मलाई ३५ दिन खिचिनेछ । सम्पूर्ण छायांकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ ।

मुख्य दुई कलाकार नायक दयाहाङ राई र नायिका उगेन छोदेनले पहिलो दृश्य दिएका छन् । फिल्मका मुख्य कलाकार पल शाह र वर्षा राउत भने चैत्र ५ गतेबाट छायांकनमा जोडिनेछन् । फिल्मले मित्रताको कथा भन्छ । बर्षको जनै पूर्णिमामा रिलिज हुनेछ ।

Share.

About Author

Leave A Reply