‘लप्पन छप्पन २’ गीत ‘झुसे बारुलो’ लन्च (भिडियो)

0

‘लप्पन छप्पन’को दोस्रो श्रृंखलाले पहिलो गीत लन्च गरेको छ । मल्टिस्टारर फिल्मको गीतमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ लगायत फिचर्ड छन् ।

मिस्टर आरजेको शब्द एवं संगीत रहेको गीतमा आर्जन पाण्डे र विद्या तिवारीको स्वर समावेश छ । यो एक्सन ड्रामालाई यसपटक अष्ट्रेलियामा छायांकन गरिएको छ ।

बैशाख १२ गते रिलिज हुने फिल्मलाई मुकुन्द भट्टले लेखन एवं निर्देशन गरेका छन् । यसअघि युरोपमा सुट गरिएको फिल्म यसपटक भने कथावस्तुको मागको आधारमा अष्ट्रेलियामा खिचिएको जनाइएको छ ।

Share.

About Author

Leave A Reply