चौंथो सातामा ‘आमा’ अझै बलियो, विदेशी फिल्ममाथि प्रभावशाली

0

सोसियो–ड्रामा आमा बक्सअफिस अंकगणित र समिक्षा दुबै कोणमा अब्बल बन्ने देखिएको छ । शुक्रबारदेखि चौंथो सातामा प्रदर्शन भैरहेको फिल्म कोरोना भाइरसको त्रास, विद्यालय परिक्षा र विदेशी नयाँ रिलिजसँग संघर्ष गरिरहेको छ ।

तेस्रो साता समाप्तीमा लगानी सुनिश्चित गरेको फिल्म अझै अगाडि बढ्ने अनुमान छ । रिलिज भएका नयाँ फिल्म कमजोर हुनु र बलियो वर्ड अफ माउथको कारण आमा मल्टिप्लेक्समा चलिरहेको छ । क्यूएफएक्सले आइतबार फिल्मलाई ६ सोज दिएको छ ।

भिन डिजेल स्टारर ब्लडसट् र इरफान स्टारर अंग्रेजी मिडियमको कमजोर रिभ्यूको प्रभाव बक्सअफिसमा देखिएको छ । शनिबार अपरान्ह ३ बजे कुमारी हलमा आमा हेर्ने ७५ र ब्लडसट् हेर्ने ५९ जना दर्शक थिए । पुनः नेपाली फिल्म विदेशीमाथि प्रभावशाली देखिएको छ ।

आमा निर्मात्री शर्मिला पाण्डेले आफ्नो फिल्मलाई दर्शकले रुचाएकोमा खुशि व्यक्त गरिन् । उनी यसै महिना होमप्रोडक्सनबाट नयाँ फिल्म निर्माण घोषणा तयारीमा छिन् । कोरोना त्रासले अन्य फिल्म तत्काल नआउने सम्भावना भएकाले यसको फाइदा पनि आमालाई पुग्ने आंकलन छ ।

दीपेन्द्र के. खनाल निर्देशित आमामा तीन आमाको संघर्षशिल जीवन यात्राको कथा छ । मिथिला शर्मा, सुरक्षा पन्त लगायत मुख्य भूमिकामा छन् । घरमा राम्रो समिक्षा मिलेपछि विदेशबाट समेत आमालाई उच्च माग छ ।

Share.

About Author

Leave A Reply