BREAKING : प्रेमगीत ३, माइकल अधिकारी, लक्का जवान पोस्टपोन्ड !

0

कोरोना भाइरसको त्रासको कारण थप तीन फिल्मले रिलिज स्थगन गरेका छन् । चैत २१ गतेको ‘लक्का जवान’ र चैत २८ गतेका ‘प्रेमगीत ३’ र ‘माइकल अधिकारी’ले मिति अनिश्चितकाल लाई सारेका हुन् ।

तीनैवटा फिल्मका निर्माताले प्रदर्शन पोस्टपोन्डको खबरलाई पुष्टि गरे । यसअघि म यस्तो गीत गाउँछु २ र नीरफूल सरिसकेको छ । ओभरसिज राइट करोडमा बेचेको प्रेमगीत ३ नआउने निर्देशक सन्तोष सेनले बताए ।

सौगात मल्ल स्टारर ‘माइकल अधिकारी’लाई सारिएको छ । किरण केसीले निर्माण गरेको लक्का जवानलाई भदौतिर रिलिज गर्ने योजना छ । १ करोड ९२ लाख खर्च भैसकेको उनले बताए ।

बैशाख १२ गतेको फिल्म ‘हिजो आजका कुरा’ पनि प्रदर्शन हुने कुरामा अन्यौल छ । रेखा थापाको ‘हिरो रिटन्र्स’ बैशाख २८ मा रिलिज हुनेमा शंका छ ।

Share.

About Author

Leave A Reply