कोरोना उपचारमा खटिने डाक्टरलाई पीपीइ बनाउँदै प्रबल गुरुङ

0

हलिउडका नेपाली मुलका चर्चित फेशन डिजाइनर प्रबल गुरुङले कोरोनासँग फ्रन्टलाइनमा जुध्ने मेडिकल कामदार र फस्ट रेस्पोण्डरका लागि आफ्नो टीम पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट पीपीई बनाउन लागिपरेको बताएका छन् । आफ्नो टीमले गतसातादेखि लगातार यस्ता पोशाक बनाउनका लागि लागिपरेको बताएका छन् ।

 

View this post on Instagram

 

The PG team has been working tirelessly over the course of the last week to finalize an actionable plan to manufacture PPE for medical workers and first responders who are on the front lines of the COVID-19 crisis. As a brand that produces over 90% of our collections in NY, our goal is not only to fill the void of critical PPE, but to mobilize our domestic partners, revitalizing US producers and suppliers. While we are eager to share our progress with you all, the Coronavirus crisis is ever evolving, and as new information is revealed, so are new FDA and state regulations. In this moment, credible and validated information is of the utmost importance for the advancement of all COVID-19 relief efforts. We are currently working in partnership with @nygovcuomo office & local hospitals to secure clearance to produce, and ensure the viability of our output. More updates to follow!

A post shared by Prabal Gurung (@prabalgurung) on

आफूहरुले अहिले न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोको अफिससँग र स्थानीय अस्पतालसँग सहकार्य गरिरहेको उनले बताएका छन् । आफ्नो उद्देश्य स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई पोशाकको रिक्ततालाई परिपूर्ति गर्नेमात्र नभई अमेरिकी उत्पादन र आपूर्तिकर्तालाई पुनर्जिवित गर्नुसमेत रहेको उनले बताएका छन् ।

न्युयोर्कमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीका लागि चाहिने आवश्यक पोशाकहरुको अभाव भएको छ । यो अभाव पूर्ति गर्नका लागि नेपाली मुलका फेशन डिजाइनर प्रबल गुरुङले यो कदम चालेका हुन् ।

Share.

About Author

Leave A Reply