गुरुङ फिल्मले छायांकन थाल्ने, भाइरसविरुद्ध लड्ने रणनीति सार्वजनिक

0

कोरोनाभाइरसले विश्व फिल्म लकडाउन स्थितीमा छ । नेपाली बक्सअफिस पहिलोपटक जिरो अंकमा झरेको छ । यो तनावका बीच फिल्म गतिविधिलाई सामान्य अवस्थामा फर्काउन प्रयास पनि हुन थालेका छन् ।

गुरुङ फिल्म एसोसिएसन जिफानले उद्योगलाई लयमा फर्काउन पहल थालेको छ । भर्चुअल प्रेसमिटमार्फत अध्यक्ष भोजबहादुर गुरुङले कोभिड–१९ विरुद्ध लड्ने रणनीति सार्वजनिक गरेका छन् ।

प्रेस विज्ञाप्ती
वि.स २०६५ सालमा पोखरामा गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान) को विधिवत स्थापना भएको हो । २०५२ सालमा…

Posted by Gurung Film Association Nepal – GFAN on Thursday, 2 July 2020

जसमा एसएमएस विधि (सामाजिक दूरी, मास्क र सरसफाइ प्रोटोकल)लाई पालना गर्दै फिल्म छायांकन गर्नेसम्मको योजना छ । लकडाउनले गुरुङ फिल्मको डेढकरोड बजेट फ्रिज भएको जानकारी दिँदै उनले आफ्ना प्राविधिकलाई आर्थिक संकट आउन नदिन यी काम गर्नुपर्ने औचित्य पुष्टि पनि गरेका छन् ।

छोटा फिल्म निर्माण गर्ने महत्वपूर्ण घोषणा गरिएको छ । अर्थ संकलन गरेर छोटा फिल्म बनाउन सके अर्थतन्त्रलाई गतिशिल बनाउन पनि सजिलो हुने बुझाइ जिफानको छ । २५ वर्ष इतिहास बोकेको गुरुङ फिल्ममा मौलिकता, परम्परा र दृश्यभाषा खोज्न पनि छोटो फिल्म निर्माणले सजिलो हुने ठम्याइ संस्थाको छ ।

अवस्था सहज बन्न थालेपछि विदेशमा फिल्म फेस्टिभल गर्ने योजना समेत जिफानको छ । अध्यक्षमा निर्वाचित भैसकेपछि भोजबहादुरले गुरुङ फिल्मलाई अन्तराष्ट्रियकरण गर्ने र दृश्यभाषाको खोजी गर्ने प्राथमिकता तय गरेका थिए । लकडाउनपछि ठप्प रहेको नेपाली फिल्म छायांकनलाई सुचारु गर्ने पहिलो उद्योग पनि गुरुङ फिल्म बन्नेछ ।

Share.

About Author

Leave A Reply