मौद्रिक नीतिमा फिल्मलाई समेट्ने राष्ट्र बैंकको आश्वासन

0

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाली फिल्मलाई सम्बोधन गर्ने आश्वासन दिएको छ । गभर्नर महाप्रसाद अधिकारीले फिल्म सम्बद्ध संस्थाहरुको डेलिगेसनलाई सोमबार यस्तो बचन दिएका हुन् ।

फिल्म व्यवसायीले बन्दाबन्दीले समस्या भोग्नुपरेको बताउँदै सहुलियत ऋण र ब्याज मिनाह लगायतका माग नीतिमा समेट्नुपर्ने धारणा राखेका थिए । जवाफमा गभर्नर अधिकारीले विस्तृत समस्या र माग लेखेर आफूलाई पेश गर्न आग्रह गरेको डेलिगेसनमा सहभागि चलचित्र संघका प्रतिनिधि भाष्कर ढुंगानाले बताए ।

बजेटले फिल्म क्षेत्रलाई सम्बोधन गर्न नसकेको भन्दै चलचित्र व्यवसायी सरकारसँग निराश छन् । चैत ११ गते सुरु भएको बन्दाबन्दीको कारण तीन महिनादेखि दुईसय भन्दा बढी फिल्म हल अहिले बन्द छन् ।

आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति साउन पहिलो साता प्रस्तुत गर्ने तयारीमा छ केन्द्रिय बैंक । सुहलियत ऋण, ब्याज मिनाह र ऋणमा सजिलोपन ल्याउन सके राहत पुग्ने ठम्याइ व्यवसायीको छ ।

Share.

About Author

Leave A Reply