दीपेन्द्रले दर्ता गरे दुई फिल्म : लकडाउन र चिसो मान्छे

0

निर्देशक दीपेन्द्र के खनालले दुई फिल्म निर्माण तथा निर्देशनको घोषणा गरेका छन् । ‘लकडाउन’ र ‘चिसो मान्छे’ टाइटलका ती दुई फिल्मलाई विहिबार चलचित्र विकास बोर्डमा दर्ता गरियो ।

मूभिमान्डुसँग कुरा गर्दै खनालले दुबै फिल्म सोसल ड्रामा हुने बताए । ‘दुबैले सामाजिक कथावस्तु चित्रण गर्नेछन्’ उनले भने, ‘कोभिड–१९ को अवस्था सामान्य हुने वित्तिकै छायांकनमा जाने तयारीमा छौं ।’

पटकथा लेखन सकिएपछि कास्टिङ लगायतका मूलभूत पक्ष चाँडै तय गरिने उनले जनाए । दुबै फिल्मलाई दीपेन्द्रले निर्देशन गर्नेछन् । खनाल र निर्मात्री शर्मिला पाण्डेको टीमअप रहेको डीएस डिजिटलले फिल्म निर्माण गर्ने भएको छ ।

Share.

About Author

Leave A Reply