राजेश हमालले ‘जातको प्रश्न’ टकसो चलाउने

0

अभिनेता राजेश हमालले कान्तिपुर टेलिभिजनमा ‘जातको प्रश्न’ नामक कार्यक्रम संचालन गर्ने भएका छन् । विहिबार राजधानीमा आयोजित प्रेसमिटमा यस्तो जानकारी दिइएको हो ।

सामाजिक संस्था समता फाउन्डेसनले निर्माण गर्ने कार्यक्रमले जातिय उत्पीडनविरुद्ध पैरवी गर्ने भएको छ । प्रेसमिटमा बोल्दै हमालले जातिय उत्पीडनविरुद्धको अनुभव सुनाए ।

प्रेसमिटमा हमालसहित कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डीसी, कार्यक्रम निर्देशक शान्ता नेपाली, उत्पादक विवेक रेग्मी लगायत सहभागि थिए ।

टकसोमा हमालले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रश्न गर्नेछन् । साउन १७ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार साँझ साढे ६ बजे कार्यक्रम आउनेछ । ६ वटा एपिसोडपछि विभेद सहेकासँग भेटेरै कार्यक्रम चलाइने निर्देशक नेपालीले बताइन् ।

Share.

About Author

Leave A Reply