संक्रमण बढ्न थालेपछि रोकिए म्युजिक भिडियो छायांकन

0

कोभिड-१९ संक्रमण पुनः बढेपछि सरकारले आवतजावतमा कडाइ गर्न थालेको छ । लकडाउन खुलेपछि म्युजिक भिडियो छायांकन पनि हुन थालेका थिए । छायांकन गतिविधि बढ्न थालेको थियो ।

तर, संक्रमण पुनः बढ्न थालेपछि भने म्युजिक भिडियो छायांकन लगायतका गतिविधि बढ्न रोकिएको छ । लकडाउन खुलेपछि निर्देशक मिलन चाम्सले दयाहाङ राईलाई लिएर चारवटा म्युजिक भिडियो बनाए । अरु केही निर्देशन तयारीमा थिए उनी ।

छायांकन रोकेर निर्देशक चाम्स यतिबेला घरमै आराम गरिरहेका छन् । केही साता व्यस्त देखिएका अभिनेता राई पनि घरमै फर्किएका छन् । व्यस्त अभिनेता पल शाहले पनि म्युजिक भिडियो छायांकनका काम रोकेर घरमै बसिरहेका छन् ।

सुरक्षाका कुनै विधि अपनाउने नगरिएकाले म्युजिक भिडियो छायांकनको क्राउडबाट समेत जोखिम थियो । चलचित्र हल भने चैत ११ गतेदेखि नै बन्दको अवस्थामा छन् ।

Share.

About Author

Comments are closed.