उडान नखुल्दा रोकियो मिस नेपाल, यसवर्ष मिस वर्ल्ड नछानिने

0

हवाइ उडान नखुलेकाले मिस नेपाल सौन्दर्य प्रतियोगिता रोकिएको छ । कम्पिटिसनमा भाग लिन देश तथा विदेशबाट समेत आवेदन भएकाले उडान नहुँदा प्रतियोगिताको अडिसन पनि अनिश्चित भएको हो ।

‘हामी आन्तरिक तथा बाह्य हवाइ उडान खुल्ने मितिको पर्खाइमा छौं’ आयोजक संस्था हिडन ट्रेजर स्रोतले भन्यो, ‘नेपाल र बाहिरबाट समेत आवेदन आएकाले उडान कुर्नुपरेको हो ।’

तर, यसवर्ष भने नेपालबाट विश्व सुन्दरी प्रतियोगिताको लागि छनौट चाहिँ हुनेछैन किनभने मिस वर्ल्ड नै कोरोना महामारीले स्थगित भएको छ । कोरोना संक्रमणलाई रोक्न भन्दै सरकारले लगाएको लकडाउनको कारण मिस नेपाल कहिले गर्ने भन्ने टुंगो पनि छैन ।

‘अवस्था सामान्य भएपछि मात्र मिति तोक्ने वा भर्चुअल्ली गर्ने भन्ने टुंगोमा पुग्छौं’ हिडन ट्रेजरले भन्यो । हवाइ उडानमा ढिलाइ हुने हो भने भर्चुअल अडिसन लिने तयारीमा हिडन ट्रेजर छ । सरकारले भदौ १५ गतेसम्म हवाइ उडान बन्द राखेको छ । त्यसपछिको परिस्थिती पनि कोभिड–१९ संक्रमणमा निर्भर हुनेछ ।

Share.

About Author

Comments are closed.