डोटेली कथाको फिल्म पुग्यो इटाली !

0

नेपाली फिल्म ‘होरी’को स्क्रिप्ट इटालीको टोरिनो फिल्म ल्याबमा छानिएको छ । अरुणदेवी जोशीको लेखन तथा निर्देशन हुने फिल्म ल्याबको ‘टीएफएल नेक्स्ट –फिल्म डेभलपमेन्ट’ कार्यक्रममा छानिएको हो ।

डोटेली भाषामा बन्ने फिल्ममा सुदुरपश्चिमको दार्चुला परिवेश बुनिने छ । होली अर्थात रङको पर्व फागुलाई डोटेली भाषामा होरी भनिन्छ । माओवादी सशष्त्र द्धन्द्धले स्थानीयलाई पारेको प्रभाव फिल्ममा चित्रण हुनेछ ।

नयाँ फिल्म निर्माता एवं निर्देशकलाई सहयोग गर्न छानिएको टोरिने ल्याबले स्क्रिप्टलाई परिपक्व तुल्याउन मद्दत गर्छ । निर्माता सरोज सापकोटाले यो मेसोलाई ज्वाइन्ट भेन्चरका लागि सुखद अवसरको रुपमा लिएका छन् ।

‘फिल्मलाई विदेशमा देखाउन सजिलो हुने त छँदैछ । नेपाली फिल्मको अन्तराष्ट्रियकरणमा मद्दत पुग्ने आशा लिएका छौं’ सापकोटाले मूभिमान्डुसँग भने । होरी यसअघि युरोपेली फिल्म डेभलपमेन्ट ल्याबमा समेत पुगेको थियो ।

जोशीले निर्देशन गरेको छोटो फिल्म कमारोले यसअघि काठमाडौं अन्तराष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको थियो । टोरिनो फिल्म फेस्टिभलका ल्याबहरु आगामी सेप्टेम्बर र अक्टोबरमा संचालन हुने जनाइएको छ ।

Share.

About Author

Comments are closed.