नेपाली साउन्ड-एडिटरलाई विश्व फिल्मको सम्मान !

0

नेपाली पाश्र्वध्वनी सम्पादक एवं डिजाइनर उत्तम न्यौपानेले फिल्म ध्वनीको सर्वोच्च संस्था सिनेमा अडियो सोसाइटीको सदस्यता प्राप्त गरेका छन् । पहिलोपटक नेपाली चलचित्र प्राविधिकलाई प्रतिष्ठित अन्तराष्ट्रिय संस्थाले मान्यता दिएको हो ।

अबदेखि न्यौपानेले आधिकारिकरुपमै नामसँग क्यास पदावली गाँस्न पाउनेछन् । पछिल्लो समय अस्करसहितका विश्वस्तरिय अवार्डमा क्यासका प्राविधिकको दबदबा छ । क्वान्टेन टारान्टिनो, जोनाथन डेमी, रिचर्ड लिंकलेटर, स्टिभन स्पिलवर्ग र जोन फेबरेउसमेत क्याससँग आबद्ध छन् । 

अब उनले हलिउडका ठूला नाम आबद्ध प्रतिस्पर्धामा फिल्म पठाउन पाउनेछन् । ‘धेरै खुशि छु’ मूभिमान्डुसँग न्यौपानेले भने, ‘नेपाली फिल्मको अन्तराष्ट्रियकरणमा यो एउटा कदम हुनेछ ।’ यसलाई उनले नेपाली फिल्मको उपलब्धीको रुपमा अथ्र्याए । भारतबाट श्रीजस नायर र जस्टिन जायस क्याससँग जोडिएका छन् ।

‘केही दिनमा वेबसाइटमा नाम, प्रमाणपत्र र गोल्डेन प्लेट पाउनेछु’ उनले भने, ‘म यो खुशि नेपाली फिल्मका सबै दर्शक र प्रेमीलाई बाँड्न चाहन्छु ।’ उत्तमलाई सदस्यता प्राप्त भएको जानकारी क्यासका मार्टी डी हाम्फ्रेले दिएका थिए । हाम्फ्रे र ग्रेगरी एच वाटकिन्सले न्यौपानेको नामलाई क्याससँग अनुमोदन गरिदिएका थिए ।

क्यास सदस्यको रुपमा न्यौपानेलाई भविष्यमा अस्कर अवार्डको सम्बन्धित विधातर्फ मतदान गर्ने अवसर पनि मिल्नेछ । न्यौपानेले काम गरेका दुई नेपाली फिल्म बुलबुल र टलकजङ भर्सेस टुल्केले नेपालबाट अस्करको अन्तराष्ट्रिय फिचर विधातर्फ भाग लिइसकेका छन् । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले समेत न्यौपानेलाई बधाइ एवं शुभकामना दिएको छ । अध्यक्ष पुष्कर लामाले नेपाली प्राविधिकको अन्तराष्ट्रियकरणमा संस्थाले हातेमालो गर्ने बताए ।

Share.

About Author

Comments are closed.