ओपनिङ सप्ताहन्तको कूल कमाई ३ करोड, कुनले कति कमाए ?

0

नयाँ वर्षको बोहनी सुखद देखिएको छ । प्रदर्शनमा आएका तीन सिनेमाले बक्सअफिसमा सुखद प्रदर्शन गरेका छन् । शीर्षस्थानमा निखिल उप्रेती स्टारर ‘राधे’ देखिएको छ ।

यी तीन फिल्मको कूल ग्रस ३ करोड माथि हुन आउँछ । जगदिश्वर थापाको ‘राधे’, दीपेन्द्र लामाको ‘घामपानी’ र दीपेन्द्र के. खनाल ‘लभ लभ लभ’ शुक्रबार प्रदर्शनमा आएका थिए ।

निखिलको ‘राधे’ले १.५३ करोड ग्रस कमाएको निर्माता सुशिल पोखरेल बताउँछन् । उनको आँकडामा फिल्मले पहिलो दिन देशव्यापी ८५ लाख ग्रस कमाएको थियो । ६० पर्दामा राधे रिलिज थियो ।

दयाहाङ राई र केकी अधिकारी स्टारर ‘घामपानी’ले पहिलो सप्ताहन्त झन्डै १ करोड ग्रस कमाएको वितरक गोविन्द शाहीले दाबी गरे । ६० हलबाट उक्त कलेक्सन सम्भव भएको उनले बताए ।

स्वस्तिमा खड्का र सुरज पाण्डे अभिनित ‘लभ लभ लभ’ले २१ पर्दाबाट झन्डै ५० लाख ग्रस कमाएको छ । लभ लभ लभले अपेक्षाकृत हल कम पायो जसलाई समिक्षा भने राम्रो मिलेको छ ।

Share.

About Author

Leave A Reply