शुक्रबार नेपालमा ‘फास्ट एन्ड फ्युरियस ८’ रिलिज हुँदै

0

अन्ततः ‘फेट अफ दी फ्युरियस’ नेपालमा रिलिज हुने भएको छ । अन्यौल र रस्साकस्सीपछि नेपालमा एकसाता ढिलो फिल्म प्रदर्शन हुन लागेको हो ।

भारतसहित विश्वबक्सअफिसमा भव्य कमाइ गरिरहेको फिल्म गतसाता रिलिज हुनुपर्ने थियो । फिल्मको नेपाल राइट हलिउड वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले खरिद गरेको छ । प्रमुख बसन्त मानन्धरले यसको पुष्टि गरे ।

भीन डिजेल स्टारर फिल्मले भारतीय बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ । नेपालमा वितरण कम्पनीहरुबीचको विवादले ढिलाइ भएको हो । ढिलो रिलिज हुने भएपनि नेपाली बक्सअफिसमा यसले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

Share.

About Author

Leave A Reply