दयाहाङले निर्देशन गर्ने फिल्मको पटकथा लेखन सकियो

0

दयाहाङ राईले निर्देशन गर्ने सिनेमाको पटकथा लेखन कार्य सकिएको छ । सोसल ड्रामा जानरामा बन्ने उक्त फिल्मको छायांकन २०७५ को सुरुआतमा हुने जनाइएको छ ।

गृहजिल्ला भोजपुरमै स्क्रिप्ट लेखेर अभिनेता राई काठमाडौं फर्किएका थिए । ‘स्क्रिप्ट लेखन सकिएको छ’ राईले भने, ‘सुरुमा नाटक बनाउने कुरा थियो, त्यसपछि फिल्मको संरचनामा ढाल्यौं ।’

दुईवर्षअघि नै राईले फिल्म निर्देशन गर्ने कुरा थियो । उनले कुन कम्पनीको लगानीमा फिल्म बन्ने भन्ने कुुरा खुलाएनन् ।

Share.

About Author

Leave A Reply