‘रातो घर’ निर्माता निकेश लिम्बु भन्छन् : कम्प्युटरदेखि होइन, मनदेखि फिल्म

0

केही फिल्म यस्ता हुन्छन्, जुन कम्प्युटरबाट होइन, मनदेखि बन्छन् । निकेश लिम्बुका लागि ब्लाइन्ड रक्स मनदेखि बनाइएको फिल्म हो । दृष्टिविहिन सृष्टि केसी कसरी मनको आँखाले संसार देख्छिन्, महसुस गर्छिन् र प्रेरणा जगाउँछिन् भन्ने कथा ।

मिलन चाम्स निर्देशित यो बायोपिक फिल्म अब प्रदर्शनका लागि रेडी छ । बायोग्राफिकल फिल्मले बेलायत रिलिज मिति घोषणा गरेको छ । ५ अगस्टमा एल्डरसटस्थित प्रिन्सेस सिनेमा घरमा सृष्टिको प्रवचन सुरु भएसँगै फिल्म प्रिमियर हुनेछ र नेपालबाट लन्डन पुग्ने बेनिशा हमाल र गौरी मल्लले रेडकार्पेट नाप्नेछन् ।

 

Nikesh Limbu, Producer of RATO GHAR.

अभिनेत्री हमालले पर्दामा सृष्टिकै भूमिकामा जीवन्त अभिनय गरेकी छन् । ‘मेरा लागि फिल्मले सामाजिक भूमिका पनि खेल्नुपर्छ भन्ने हो’ २० वर्षदेखि लन्डनमा बेलायती सैनिकको रुपमा कार्यरत लिम्बु भन्छन्, ‘कमर्सियलभन्दा सामाजिक सन्देशमूलक फिल्मको आयु लामो हुन्छ । यस्ता फिल्म मनदेखि बन्छन्, कम्प्युटरबाट होइन ।’

लिम्बु निर्मित रातो घर जेठ १९ मा नेपाल रिलिज हुँदैछ । २०१५ जुलाइ २५ मा लन्डनमा रिलिज हुँदा रातो घरलाई वाह वाह मिलेको थियो । निकेश सम्भावित रातो घरको नेपाल रिभ्यूलाई लिएर उत्साहित छन् । उनको कम्पनी एन फिल्मस एन्ड क्रिएसनले वर्षेनी नेपाली कलामा योगदान दिने खालका चलचित्र उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पहिलोपटक मिलन चाम्स निर्देशित हँसियामा सहायक निर्माताको रुपमा फिल्म निर्माण थालेका निकेश अहिले रातो घर हुँदै ब्लाइन्ड रक्सको बिन्दुसम्म आइपुगेका छन् । ‘यतिबेला म विदेशमा भएपनि नेपाली कला, संस्कृतिको जगेर्ना गर्नको लागि क्रियाशिल छु । मेरो उद्देश्य नेपाली सिनेमाको अन्तराष्ट्रियकरण नै हो’ निकेश सुनिए, ‘हँसिया, रातो घर र ब्लाइन्ड रक्स निर्माण पछाडिको उद्देश्य यही नै हो ।’

ब्लाइन्ड रक्स निर्माणको संयोग पनि गजब रहेछ । रातो घर पोस्टप्रोडक्सन भैरहेको बेला टीभीमा अनिल केशरी शाहद्धारा संचालित कार्यक्रम म ः मोमेन्टमा सृष्टिको उत्प्रेरणात्मक प्रवचन सुनेपनि निकेशलाई ब्लाइन्ड रक्स हौसला सवार भएको रहेछ । त्यसपछि उनले सृष्टिको प्रवचन सिंगो विश्वले सुन्नुपर्ने धारणा राखे अनि सुरु गरे एक्सन कट्को सोच ।

भविष्यमा कुनैबेलाकी लिजेन्ड कृष्टि मैनालीसँग फिल्म गर्ने सोचमा छन् निकेश । उनी कृष्टिका प्रशंसक हुन् । ‘म उहाँको प्रशंसक हुँ । उहाँले माने भविष्यमा सँगै फिल्म गर्ने रहर छ’ उनी सुनिए । यतिबेला, निकेश जेठ १९ मा लाग्ने रातो घर हेर्न सबै दर्शकलाई आग्रह गर्दैछन् ।

Share.

About Author

Leave A Reply