एमालेलाई भोट माग्दै राजेश हमाल, ओलीसँग टेलिफोन वार्ता

0

राजेश हमाल पछिल्लो समय राजनीतिक प्राणी बन्न थालेका छन् । राजनीतिक घटनाक्रमलाई लिएर उनका फेसबुक टिप्पणी र सार्वजनिक फोरममा हुने उपस्थितीले घरेलु सिनेमाका महानायकलाई विवादास्पद बनाउँदै लगिरहेको छ ।

स्रोतका अनुसार हमाल एमाले प्रवेश गरेका छन् । बैशाख ३१ मा हुने पहिलो चरणको स्थानिय चुनावका लागि एमालेको निर्वाचनमा उनी सहभागि भए र घर घर पुगेर उम्मेदवारका लागि भोट मागे । छिमेकी देवेन्द्र रिमाललाई जिताउन हमाल कस्सिएका छन् ।

अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेर हमालले आफू निकट भविष्यमै विधिवत एमाले प्रवेश गर्ने वचन दिएको स्रोतको दाबी छ । वडा नम्बर २६ को निर्वाचन मार्चपासमा हमाललाई क्याप र मास्क लगाएको अवस्थामा भेटियो । उनलाई एमाले कार्यकर्ताले कमरेड भनी सम्बोधन गरेका थिए र प्रत्युत्तरमा उनले हात उठाएर सलाम गरे ।

यसअघि ओली नेतृत्वको सरकार संचालन बेला भारतले लगाएको नाकाबन्दीको हमालले खुलेरै विरोध जनाएका थिए । उनले तत्कालिन ओली सरकारलाई बल पुग्ने खालका स्टाटस सेयर गरेका थिए ।

Share.

About Author

Leave A Reply