चुनावले तीन महिना पछि धकेलियो ‘रोमियो’ रिलिज, जान्नूस नयाँ मिति

0

चुनावका कारण ‘रोमियो’को पूर्वनिर्धारित रिलिज मिति सरेको छ । शंकर कार्की निर्देशित सिनेमा बैशाख अन्त्यका लागि प्रदर्शन तयारीमा थियो ।

निर्माता एवं अभिनेता हसन खानले पोस्टपोन्ड पुष्टि गरे । सोसल एवं रोमान्टिक ड्रामा साउन २७ (अगस्ट ७)मा देशभर प्रदर्शन हुनेछ । एफडी कम्पनीले वितरण गर्ने सिनेमाबाट ओसिमा बानु डेब्यु गर्दैछिन् ।

हसन र ओसिमासहित निशा अधिकारी, मेलिना मानन्धर, भानु प्रताप, विपेन गुरुङ, विकास खतिवडाको मुख्य अभिनय छ । ‘फिल्म बनाउनुभन्दा चलाउनु गाह्रो हुँदो रहेछ’ संवादमा हसनले भने, ‘अघिल्लो फिल्म बनाउँदा धेरै कुरा बुझ्न सकँे, त्यसले सजिलो बनाएको छ ।’

हसन नेपाली सिनेमाका अग्रणी मुस्लिम अभिनेता हुन् । उनले बदलिँदो युग र सापेक्षअनुसार मुस्लिम अवधारणामा परिवर्तन आइरहेको सुनाए । डेब्यु गर्ल बानुले पहिलो मुस्लिम अभिनेत्रीको रुपमा महसुस नगरी सामान्य युवतीकै जस्तो फिल गरिरहेको बताइन् ।

बजेट एक करोड पार गर्ने बताउँदै हसनले फिल्मलाई गुणस्तरिय तुल्याउन सम्झौता नगरिएको बताए । फिल्ममार्फत लामो समयपछि मेलिना पुनरागमन गर्दैछिन् ।

Share.

About Author

Leave A Reply