बाहुबली २ : नेपाली बक्सअफिसमा २३ करोड ग्रस

0

समाचार पढ्दा लाग्न सक्छ, नेपाली फिल्म बजारको आकार सानो छैन । अवश्य पनि, ‘बाहुबली २’ को नेपाल कमाईले यसलाई पुष्टि गर्छ । यो भारतीय सिनेमाले नेपाली बक्सअफिसमा दुई सातासम्म झन्डै २३ करोड ग्रसको कमाइ गरेको छ ।

गोपिकृष्ण मूभिजले फिल्मको नेपाल राइट खरिद गरेको हो । भारतसहित विश्व बक्सअफिसमा उछाल ल्याइरहेको फिल्मले नेपाली बजारका कीर्तिमान तोडेको हो । साथै यसले नेपाली फिल्मको बजार क्षमताबारे निर्माताबीच नयाँ बहस थालेको छ ।

दुई दिनमै ५ करोड नेट कमाएको फिल्मको सिक्वेल प्रतीक्षित थियो । मल्टिप्लेक्सदेखि एकल पर्दामा समेत यसको प्रदर्शन आक्रामक रह्यो । दोस्रो सातामा समेत ‘बाहुबली मेनिया’ छ । तेस्रो सातासम्म कलेक्सन गति अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

यसपटक काठमाडौं र पोखराका मल्टिप्लेक्ससँगै सिंगल स्क्रिनमा समेत ‘बाहुबली २’ क्रेज देखिएको छ । नेपाल राइट खरिद गरेका वितरकले दुई दिनमै लगानी रिकभर गरेका थिए । बाहुबली २ नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी सिनेमा बनेको छ ।

Share.

About Author

Leave A Reply