केकीले गरिन् पिज्जा वर्ल्ड शुभारम्भ, आउटलेटमा सेलेव्रिटी घुइँचो

0

सँधै एक्सन कट्मा व्यस्त हुने अभिनेत्री केकी अधिकारी शुक्रबार भने बेग्लै मुडमा भेटिइन् । श्रद्धा प्रसाइँ, दीपेन्द्र के. खनाल, सिर्जना सुब्बा, गम्भिर विष्ट, गजित विष्ट, छुल्ठिम गुरुङ, सन्नी सिंहसमेत उस्तै देखिए ।

ललितपुर कुमारीपाटीमा खुलेको पिज्जा वल्र्ड शुभारम्भ गर्दै केकीसहितका कलाकारले स्वादिला पिज्जाका परिकार चाखे । सेल्फी र पिज्जाले सेलेब्सलाई कुमारीपाटीमा शीतलता दिलायो ।

केकीले रिबन काटेर आउटलेट शुभारम्भ गरिन् । ‘म पहिल्यैदेखि पिज्जाकी पारखी हुँ’ हातमा पिज्जा समाएकी केकीले भनिन्, ‘यहाँको पिज्जाको स्वाद बेग्लै ।’ छुल्ठिम पनि आफ्ना हिरो सन्नीलाई लिएर शुभारम्भ जमघटमा पुगिन् । उनीहरुका लागि डायरी प्रवद्र्धनको मेसो मिल्यो ।

बौद्धपछि कुमारीपाटीमा पिज्जा वल्र्डले दोस्रो आउटलेट खोलेको हो । होम डेलिभरी सेवा समावेश गरिएको यहाँ पिज्जाका सबै परिकार उपलब्ध हुने प्रमोटर एवं अभिनेता विनोद पौडेलले बताए ।

Share.

About Author

Leave A Reply