साम्राज्ञी र धीरज स्टारर ‘इन्टु मिन्टु लन्डन’मा घोषणा

0

लामो समय नृत्य निर्देशनमा सक्रिय रिनशा राई अब सिनेमा निर्देशक बन्ने भएकी छन् । उनले निर्देशन गर्ने प्रोजेक्ट ‘इन्टु मिन्टु लन्डन’मा शुक्रबार राजधानीमा आयोजित प्रेसमिटमा घोषणा भयो ।

 

साम्राज्ञी शाह र धीरज मगरको मुख्य भूमिका रहने सिनेमालाई आइकोर फिल्मसले निर्माण गर्न लागेको हो । लन्डनमा बसोबास गर्ने मगरको यो डेब्यु प्रोजेक्ट हो । विवेक लिम्बु, सरुक ताम्राकार र सुनिसा बजगाइँको समेत मुख्य भूमिका छ ।

अभिमन्यु दीक्षितको पटकथा छ । रोमान्टिक ड्रामा सिनेमामा साम्राज्ञीको पात्र नाम मिन्टु (मीरा) र धीरजको नाम इन्टु (इशान) छ । यी दुई पात्र लन्डनमा भेट हुन्छन् र प्रेममा पर्छन् । अब उनीहरुको प्रेमले कस्तो रुप लेला ? उनीहरुले हृदय वा परम्परालाई फलो गर्छन् ? फिल्मले कथा पेश गर्छ ।

‘नेपाली फिल्ममा अभाव भएको रोमान्सको चित्रणलाई यो प्रोजेक्टमा देखाउने तयारीमा छु’ निर्देशक राईले भनिन्, ‘अवश्य पनि दर्शकले रुचाउनुहुनेछ ।’ अभिनेत्री शाहले निर्देशक राईलाई मास्टरसिपको संज्ञा दिँदै चमत्कार देखाउने आशा राखिन् ।

आइकोर फिल्मसको पहिलो प्रोजेक्ट मेरो एउटा साथी छ बाट कोरियोग्राफीमा डेब्यु गरेकी रिनशा सोही ब्यानरबाट निर्देशनमा हामफालेकी हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले टिजर पोस्टर अनावरण गरे ।

प्रज्वल शमशेर र प्रभु शमशेर जबराद्धारा निर्मित सिनेमालाई शैलेन्द्रध्वज कार्कीले खिच्दैछन् । जुन १६ देखि काठमाडौं र बेलायतमा सिनेमा छायांकन सुरु हुँदैछ ।

Share.

About Author

Leave A Reply