‘रइस’ रिलिज पूर्वसन्ध्यामा शाहरुखले गरे नेपाल सम्बोधन

0

बुधबार रिलिज हुँदैछ बलिउड सिनेमा ‘रइस’ । यतिबेला शाहरुख खान पब्लिसिटीमा व्यस्त छन् । सामाजिक संजालमा समेत उनको सक्रियता तीव्र छ । उनले फ्यानसँग ट्वीटरमार्फत अन्तक्रिया पनि गर्दैछन् ।

रिलिज पूर्वसन्ध्यामा उनले नेपाली फ्यानलाई सम्बोधन गर्दै ‘धन्यवाद नेपाल’ भनेका छन् । नेपालमा ‘रइस’को हाइप राम्रो रहेको एक फ्यानको प्रत्युत्तरमा शाहरुखले उक्त ट्वीट गरेका हुन् ।

मल्टिप्लेक्समा रइस बुकिङ मध्यम छ । बुधबार नै ऋतिक रोशन स्टारर काबिल समेत रिलिज हुने भएकाले प्रतिस्पर्धा बलियो हुने पक्का छ । खासगरि, शाहरुखका फ्यानले इन्टरनेटको सामाजिक संजालमा फिल्मको व्यापक पब्लिसिटी गर्दैछन् ।

Share.

About Author

Leave A Reply