काठमाडौंबाट भोट हाल्न नपाएपछि करिश्माको आक्रोश !

0

काठमाडौंबाट मतदान गर्न नपाएपछि अभिनेत्री एवं नयाँ शक्ति दलकी नेतृ करिश्मा मानन्धरले पति विनोदप्रति आक्रोश पोखेकी छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूमाथि विनोदले नियन्त्रण लादेको र आफूलाई यस कुराको सह्य नभएको लेखेकी छन् ।

आफ्नो मतदाता नामावली काठमाडौंबाट नभई राजविराजबाट भएपछि उनले आक्रोश पोखेकी हुन् । उनी लेख्छिन् ः विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर, केही कुरा सहन सकिँदैन ।’

विनोदले लाजिम्पाटबाट मतदाता कार्ड लिँदा आफू र छोरीको मात्र लिएको तर, आफ्नो नबनाइदिएको समेत उनले उल्लेख गरेकी छन् । प्रदेश ३, ४ र ६ मा आइतबार स्थानिय निकायको पहिलो चरणको चुनाव भएको छ । रेखा थापा, राजेश हमाल, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतले पनि काठमाडौंस्थित मतदान केन्द्रमा पुगेर भोट हालेका छन् ।

Share.

About Author

Leave A Reply