लाइन लागेरै रेखाले गरिन् मतदान, आफ्नो पार्टीले जित्ने दाबी

0

अभिनेत्री एवं राप्रपा केन्द्रिय सदस्य रेखा थापाले काठमाडौंको चावहिल केन्द्रमा मतदान गरेकी छन् । उनी सर्वसाधारणसँगै लाइनमा उभिएर मतदानमा सरिक भइन् ।

भोट हालेपछि मिडियासँग कुरा गर्दै उनले आफ्नो दलले जित्ने विश्वास व्यक्त गरिन् । पहिलो संविधान सभा चुनावपछि रेखाले मतदान गरेकी हुन् । दोस्रो संविधान सभा चुनावमा उनको मतदाता नामावलीमा नामै थिएन ।

Header photo : onlinekhabar.com

Share.

About Author

Leave A Reply