‘डायरी’ बक्सअफिस : रेखाको भिलेन डेब्युद्धारा सुखद थालनी

0

रेखा थापा र छुल्ठिम गुरुङ स्टारर ड्रामा ‘डायरी’ले घरेलु बक्सअफिसमा उत्साहजनक थालनी गरेको छ । भारतीय फिल्म ‘बाहुबली २’ मेनियापछि रिलिज फिल्मले मल्टिप्लेक्सदेखि एकल पर्दामा देशव्यापी आफ्नो मनोरन्जन भूमिका प्रस्तुत गरेको हो ।

बक्सअफिस सूचकले अनिल योञ्जन निर्देशकीय सिनेमाको सुखद प्रदर्शनलाई संकेत गरेका हुन् । खासगरि, एकल पर्दामा रेखा थापाको खलनायिका डेब्युलाई दर्शकले रुचाएका छन् । ‘प्रतिक्रिया मिश्रित छ’ निर्मात्री एवं अभिनेत्री गुरुङले भनिन् ।

‘नोभेम्बर रेन प्रदर्शनताका जुन दर्शकीय भीड देखेकी थिएँ र उक्त भीड र मायालाई पुनः महसुस गर्न पाउँदा औधी खुशि लागेको छ’ गुरुङले भनिन्, ‘कमेडी, एक्सन र बदलाका सिक्वेन्सलाई दर्शकले रुचाएका छन् । अष्टनारायण, गुण हल पुग्दा हामीले त्यो देख्यौं ।’

एकैपटक सप्ताहन्तको कमाइ सार्वजनिक तयारीमा निर्माण कम्पनी छ । ‘काठमाडौं र मोफसल दुबै टेरिटोरीमा फिल्मले सुखद प्रदर्शन गरेको वितरक गोविन्द शाहीले बताए । उनका अनुसार मोफसलमा ५६ र काठमाडौंमा २० पर्दामा फिल्म प्रदर्शनरत छ । प्रेम र बदलाको कथा प्रस्तुत गर्ने फिल्ममा रेखा, छुल्ठिमसहित सन्नी सिंहको मुख्य भूमिका छ ।

Share.

About Author

Leave A Reply