नवराज लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान

0

चलचित्र पत्रकार संघले आफ्नो वार्षिकोत्सवमा चलचित्र पत्रकारिता र सम्मान प्रदान गरेको छ । पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र अभिनेता हरिवंश आचार्यले पुरस्कार प्रदान गरे ।

चलचित्र पत्रकारिता सम्मानबाट नवराज लम्साल सम्मानित भए । उनकी धर्मपत्नीले समारोहमा सम्मान ग्रहण गरिन् । पारस पौडेल र विजय सुवेदी आवाजले चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे ।

पौडेल र सुवेदीले सम्मान पत्र, ट्रफी र नगद २१ हजार प्राप्त गरे । पुरस्कार प्राप्त गरिसकेपछि पुरस्कृत सुवेदीले मिहेनतको कदर भएको बताए । यसवर्ष संघले चलचित्र प्रोत्साहन पुरस्कार पनि प्रदान गरेको छ ।

प्रोत्साहन पुरस्कार पहिलोपोस्टकी स्वेच्छा राउतले प्राप्त गरिन् । प्रमुख अतिथि विष्टले चलचित्र पत्रकारिताले चलचित्र विकासमा टेवा दिएको बताए । अभिनेता आचार्यले चलचित्र पत्रकारिता जिम्मेवार हुनुपर्ने बताए ।

Share.

About Author

Leave A Reply