‘२ रुपैयाँ’ फस्टलुक सार्वजनिक : आशिफ शाह ‘दाह्री’ र निश्‍चल बस्‍नेत ‘जुरेली’

0

असिम शाहको निर्देशनमा ए जि टु वान प्रोडक्सन प्रा. लि. र ब्ल्याक हर्स प्रा. लि. ले निर्माण गरेको चलचित्र “२ रुपैयाँ”को फस्टलुक सार्वजनिक भएको छ ।

 

चलचित्रका प्रमुख दुई पात्र “दाह्री” र “जुरेली”को पोस्टर सार्वजनिक गरे लगत्तै चलचित्रमा कलाकार आशिफ शाह र निश्‍चल बस्‍नेतको प्रमुख भूमिका रहेको कुरा निर्माताले जानकारी दिनुभएको छ ।

चलचित्र निर्माण टोलीले हाल कलाकारद्वयको पोस्टर सार्वजनिक गरी पात्रको नाम पनि खोलेको छ ।

चलचित्रको पोस्टरका अनुसार “२ रुपैयाँ” आगामी भाद्र २३ गते चलचित्र घरहरूमा प्रदर्शन हुने जानकारी पनि दिइएको छ ।

चलचित्रमा आशिफ शाह र निश्‍चल बस्‍नेतका साथै बुद्धि तामाङ, रवीन्द्र झा, मेनुका प्रधान, राजन ईशान, टीका पहारी, प्रतीकराज न्यौपाने, आदिको प्रमुख भूमिका रहनेछ । चलचित्रका निर्देशक असिम शाहले हाल “२ रुपैयाँ” सम्पादनमा रहेको जानकारी पनि दिनुभयो ।

Share.

About Author

Leave A Reply