फ्राइडे रिलिज : जोनी डीपको ‘पाइरेट्स’देखि नम्रताको ‘पर्व’सम्म

0

शुक्रबार तीन सिनेमा रिलिज हुँदैछन् । प्रतीक्षित हलिउड फ्रेन्चाइज ‘पाइरेट्स अफ दी क्यारबियन : डेड मेन नो टेल्ज’, दुई नेपाली सिनेमाहरु ‘पर्व’ र ‘हिटलर’ छन् ।

२ घन्टा ९ मिनेट लामो पाइरेट्स अफ दी क्यारवियन उक्त सिरिजको पाँचौ श्रृंखला हो । जोचिम रनिङ र इस्पेन स्यान्डवर्ग निर्देशित फिल्ममा वाल्ट डिज्ने पात्रहरु चित्रित छन् । जोनी डीप, जेभियर बार्डेम, ब्रेन्टम थइट्स अभिनित सिनेमाका फ्यान नेपालमा पनि छन् ।

दिनेश राउत निर्देशित सिनेमा पर्व समेत देशभर रिलिज हुँदैछन् । नम्रता श्रेष्ठ र कोसिस क्षेत्री अभिनित यो मनोवैज्ञानिक थ्रीलरलाई एडल्ट दर्शकले रुचाउन सक्छन् । प्रशस्त थ्रील दृश्यका कारण फिल्मले बेग्लैखाले मनोरन्जन उपलब्ध गराउने विश्वास छ ।

सौरभ ढकाल निर्देशित सिनेमा हिटलरमा सोमिया बर्तौला र सोहित मानन्धरको मुख्य अभिनय छ । प्रेमकथानक फिल्ममा एक्सन, रोमान्स, द्धन्द्ध, सामाजिक तत्व सबैको मिश्रण गरिएको छ ।

Share.

About Author

Leave A Reply