‘पर्व’ दुई दिने कमाइ : फिल्म एडल्ट, दर्शक किड्स

0

सिनेमा ‘पर्व’ले घरेलु बक्सअफिसमा सुखद व्यापारलाई निरन्तरता दिएको छ । निर्माण कम्पनीले सुरुआती दुई दिनको कलेक्सन समेत सार्वजनिक गरेको छ जुन उत्साहजनक हो ।

शुक्रबार ३० लाख शनिबार ७० लाख ग्रस कलेक्सन सम्भव भएको निर्माता सुवास गिरीले जनाए । ‘यो कलेक्सन हाम्रा लागि निकै खुशिको कुरा हो’ निर्माता गिरीले भने, ‘वर्ड अफ माउथले विकडेजमा समेत कलेक्सनमा बढोत्तरी हुने अनुमान छ ।’

दिनेश राउत निर्देशित मनोवैज्ञानिक थ्रीलरमा कोसिस क्षेत्री, नम्रता श्रेष्ठ, जेविका कार्की र माला लिम्बुको मुख्य भूमिका छ । फिल्मलाई सेन्सर बोर्डले एडल्ट प्रमाणपत्र दिएपनि दर्शकमा बालबालिका समेत छन् । ‘बालबालिका र महिलाले फिल्म रुचाएको पाइयो’ गिरीले भने ।

Share.

About Author

Leave A Reply